सहकारीको रकम हिनामिना गरी फरार प्रतिवादी पक्राउ

0
Shares

दाङ ।
राप्ती गाउँपालिका(५ कालापानीस्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरी फरार प्रतिवादी सोही गाउँपालिका(५ पहरुवा बस्ने २६ वर्षीया रमिता चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फरार चौधरीलाई खोजी गर्ने क्रममा दाङ राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक बजारबाट प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत दाङमा मंगलबार उपस्थित गराएको छ ।

साथै उक्त मुद्दाका प्रतिवादी सोही संस्थाका ऋण समितिका संयोजक सन्तोषकुमार गुप्तालाई जिल्ला अदालत दाङले २०७५ मंसिर ३ गते पुर्पक्षको लागि कारागार कार्यालय घोराही दाङमा पठाइसकेको छ ।