प्रदिप विवश भण्डारी, काठमाडौँ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औँ महाधिवेशन पुष २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसंघले आज केन्द«ीय कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अघि बढेको जनाएको हो ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले आफ्रनो संयोजकत्वमा ५ हजार १५ जना रहेको मूल आयोजक समिति गठन भएको जनाउनुभयो ।
उहाँले मंसिर २२ गतेसम्म मावि, उच्च मावि, सिटिभिटी, २५ गतेसम्म गाँउपालिका, पुष ८ गतेसम्म उपत्यकाका क्याप्पस, १४ गतेसम्म जिल्ला अधिवेशन र २० गते प्रदेश अधिवेशन गरिसक्ने जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसको केन्दि«य कार्य समितिले मंसिर २ गते यहि कमिटिलाई म्याद थप गरेर थपिएको २ महिनाभित्र अधिवेशन गर्न भनेको थियो ।
२ वर्षे कार्यकाल रहने यो समितिको म्याद भदौ २ गते नै सकिएको हो । तर अधिवेशनका लागि भने ३ महिना थप्ने विधानमा व्यवस्था रहेको छ । अबको नयाँ नेतृत्वकाे कार्यकाल २ वर्ष ५ महिनासम्मको रहने छ । यस अघिको निर्णय अनुसार ३२ वर्षे उमेरहद लगाईएको छ ।











प्रतिक्रिया