प्रशासनिक र वित्तिय हिसाबले संघीयताले पूर्ण आकार लिन सकेनः मन्त्री पोखरेल

0
Shares

सरोज यादव, विराटनगर ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन । विराटनगरमा मंगलबार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोख्ररेलले लैङ्घिक हिंसा अन्त्यका लासि कानूनी व्यवस्था निर्माणका लागि रचनात्मक जन दबावपनि आवश्यक रहेको बताए ।

‘हिसांको अंसियार घर भित्र पनि हुन सक्छ, रक्षामन्त्री पोख्ररेलले भने‘ पिछाडापनको चिन्तनका कारण घर भित्रै हिंसाको रुप देखिने गरेको छ ’।तसर्थ घर भित्र देखि समाजमा हुने हिंसाको विरुद्ध ठोस योजना बनाएर अघि बढन आवश्य छ,’। उनले राजनीतिक रुपले मात्र संघीयता घोषणा हुदैमा संघीयताले पुर्ण आकार लिन नसक्ने बताएका छन ।

उनले प्रशासनिक र वित्तिय हिसावले पनि संघीयताले आकार लिने आवश्यक रहेकोमा जोड दिए । अहिले राजनितिक रुपमा मात्र संघीयताको घोषणा भएको तर प्रशासनिक र वित्तिय हिसावले संघीयताले पुर्ण आकार लिन नसकेको बताए । ‘हामीले राजनितिक रुपमा मात्र संघीयता घोषणा गरेका छौ,’मन्त्री पोख्ररेलले भने‘संघीयतालाई पुर्ण आकार दिन प्रशासनिक र वित्तिय हिसावलपनि उतिकै आवश्य छ,यदी प्रशासनिक र वित्तिय हिसावले पुर्णता नपाएको खण्डमा नेपाली जनताले फेरीपनि दुःख पाउनबाट कसैले रोक्न सक्दैन’,।

उनले दलहरुले संविधान जारी गर्ने समयमा संक्रमणकाल सकियो भनेर घोषणा गरेको तर जहिलेसम्म कानून र संरचना निर्माण नभएसम्म संविधानका सुन्दर व्यवस्थाहरु खुट्टा टेकरे हिडन नसक्ने बताए । उनले संविधानको राम्रा पक्षलाई कानुन र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले बर्तमान अबस्थामा मुलुक अपठ्यारो स्थिती झल्ने बाध्य भएको जानकारी दिए ।

उनले अहिलेको अप्ठ्यारो अबस्था छ भनेर कोही उम्किने अबस्था नरहेको भन्दै संविधान व्यवस्थालाई पुर्ण कार्यान्वय गर्न आवश्य रहेको बताए । उनले संविधानको व्यवस्थालाई कार्यान्वयकाका लागि कानून चाडौ भन्दा चार्डौ निर्माण गर्न आवश्य रहेको बताए । प्रदेश नं एकका मुख्य मन्त्री शेरधन राईले सबै प्रकारको हिंसा अन्त्यका लागि प्रदेश सरकारले कठोर ढंगले कदम चाल्ने प्रतिवद्ध जाहेर गरे ।

उनले लैङ्घिक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गर्न प्रदेश सरकारको संकल्प रहेको जानकारी दिए । मुख्यमन्त्री राईले लैङ्घिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका निम्ती स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारी,सामाजीक बिकासमन्त्री जीवन घिमिर, र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लैङ्घिक हिंसा अन्त्यका लागि सचेत भएको बताएका थिए । कार्यक्रममा प्रदेश नं एकका १ सय ३७ स्थानीय तहका प्रतिनिधिह्रको सहभागीता रहेको छ ।