नवराज पहाडी, लमजुङ ।
लमजुङको मध्यभाग भएर बहने मस्र्याङ्दी नदीमा अन्तराष्ट्रिय कायकिङ प्रतियोगिता आयोजना गरिएको छ । तीन दिनसम्म चलेको ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज १०१८’ को उपाधी बेलायत बसोबास गर्दै आएका प्रितम गुरुङले हातपार्न सफल भएका छन् ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा) आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा बेलायतकै माट स्टेफन्सन दोस्रा भए । सो प्रतियोगिताको तेस्रो स्थान तनहूँको आबुखैरनी निवासी सोमबहादुर मगरले हात पारेका थिए ।
सो प्रतियोगिता महिला र पुरुषका लागि छुट्टाछुट्टै रुपमा सञ्चालन गरिएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष निमबहादुर मगरले बताए । पुरुषतर्फ शीर्ष तीन हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित हेलमेट, लाइफ ज्याकेट, कायक प्याडल प्रदान गरिएको छ ।
त्यसैगरी, विजयी हुनेहरू पहिलोलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोहुनेलाई १० हजार, मेडल र प्रमाणपत्र साथमा हेलमेट, लाइफ ज्याकेट, कायक प्याडल प्रदान गरिएको मगरले जानकारी दिनु भयो ।

सो प्रतियोगिताको महिलातर्फ जर्मनकी भेरा निसले प्रथम भएकी छन् । आयरल्याण्डकी सुसन डोयले द्वितीय भइन् भने आयरल्याण्डकै शीलघ हेन्नेस्सी तृतीय भएकी छन् । विजेता कायकरहरूलाई बेसीशहर नगरपालिका मेयर गुमानसिङ अर्यालले एक समारोहका बीच पुरस्कार र प्रमाणपत्र बितरण गर्नु भयो ।
सो प्रतियोगिताको पुरुषतर्फ १८ जना र महिलातर्फ ६ जनाको भाग लिएको प्रतियोगिताका निर्णायक लमजुङका युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताको सुरुको दिन ‘डाउन रिभर रेस’ प्रतियोगिता गरिको थियो । दोस्रो दिन ‘एक्सिट्रम सलालम’को प्रतियोगिता र अन्तिम दिनको ‘¥याम हेड टु हेड बोर्डर क्रस’ प्रतियोगिता गरिएको हो ।
सहसिक खेलको रूपमा ¥याफ्टिङ र कायाकिङ् चर्चित रहेको नाराका निर्देशक चुडामणी आचार्यले बताउनु भएको छ । उहाँका अनुसार यो कायकिङ प्रतियोगिता नेपालमा आयोजना गरिएको १७औं शृंंखला हो भने मथिल्लो मस्र्याङदीमा प्रतियोगिता पहिलो पटक हो । यो खेलले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षण गर्न सक्ने उहाँको भनाई छ ।
सो प्रतियोगिता बेसीशहर नगरपालिका– ६ स्थित बेलौति बिसौनीको मस्र्याङ्दी नदी किनारबाट सुरु गरी सोही नगरपालिको वडा नं. १० खासुरबेसी बीचको भागमा गरिएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा) का निर्देशक चुडामणी आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार कायकिङ ¥याफटिङकै एक खण्ड हो । तर यो शब्द अहिले जनमानसमा नौलो बनेको छ । जो कसैले यसको अर्थ सहजै बुझ्दैनन् । ¥याफटिङमा दुई वा दुईभन्दा बढी मानिस रहेका हुन्छ तर कायकिङमा एकजना मात्रै रहन्छ निर्देशक आचार्यले जानकारी दिनु भयो ।











प्रतिक्रिया