आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

0
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने,रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको उल्लेख छ ।

अघिल्लो पटक प्रधानमन्त्रीहुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका हुन् । ‘श्रमको सम्मान गर्ने,सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबट प्रवेश गर्दैछौं’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन् ।