पुस २८ मा केन्द्रीय महाधिवेशन गर्दै नेविसंघ

0
Shares

काठमाडौं । गत भदौमा नै हुनुपर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं केन्द्रीय महाधिवेशन पुस २८ गते हुने भएको छ। महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष महरले जानकारी दिए ।

आन्तरिक विवाद र विधान संशोधन लगायतका कारणले भदौमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो । तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ । त्यसैले नेविसंघले पुसको अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको हो ।