५० मेघाटन शक्तीको छुद्रग्रह पृथ्वीसँग ठोक्किन सक्ने


न्युयोर्क (एजेन्सी)
निकट भविष्यमा एक विशाल छुद्र ग्रह पृथ्वीसँग ठोक्किन सक्ने वैज्ञानिकहरुले संभावना ब्यक्त गरेका छन् । उक्त छुद्रग्रहले अन्तरिक्षमा लिइरहेको पथले त्यो पृथ्वीमा ठोक्किन सक्ने सम्भावना रहेको उनीहरुले बताए ।

उक्त अन्तरिक्ष चट्टान कुनै एक स्थानमा मात्र खस्न सक्ने नभई हाम्रो ग्रहसँग विभिन्न समयमा ठोक्किन सक्ने ६२ फरक सम्भावनाका बारेमा नासाका स्रोतले खुलाएका तथ्यलाई उदृत गर्दै एक्प्रेसले जनाएको छ । ती मध्य प्रत्यकले आगामी १ सय बर्ष सम्ममा पृथ्वीसँग ठोक्किने सम्भावना रहेका देखाउँछ ।

२०१८ एलएप१६ नाम दिइएको उक्त छुद्र ग्रह पछिल्लो पटक नासाको जेट प्रपल्सन लेबोरेटरीबाट जुन १६ मा खगोलशास्त्रीहरुले अवलोकन गरेका थिए । उनीहरुले उक्त अन्तरिक्ष चट्टाले लिएको कक्ष र पृथ्वीसँग ठोक्किन सक्ने सम्भावनाको आंकलन गरेका थिए । उक्त आंकलनले छुद्रग्रह २०१८ एलएफ१६ अलिहे देखि २११७ सम्मको ६२ फरक फरक मितिमा हाम्रो ग्रहसँग ठोक्किन सक्ने देखाएको छ ।

पहिलो सम्भावना भनेको अहिलेबाट ५ बर्षमा सन् २०२३ अगस्ट ८ हो । अर्को ठोक्किन सक्ने नजिकको तिथि सन् २०२४ अगस्ट ३ र सन् २०२५ अगस्ट १ हो । यसको ठोक्काइ कतिसम्म खराब हुनसक्छ भन्ने कुरा यसको आकार ७ फिट लामो हुनु र अन्तरिक्षमा यसको बेग प्रतिघण्टा ३३ हजार ८ सय ४४ माइल हुनुले अनुमान गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यो आकार भनेको उक्त छुद्रग्रह २०१८ एलएफ१६ न्युयोर्कस्थित स्ट्याच्यु अफ लिबर्टीको दुई गुणा भन्दा बढी हो ।

यद्यपी अहिले नै उक्त छुद्रग्रह पृथ्वीमा ठोकिन्छ भन्ने भन्न सक्ने अवस्था होइन । बेलायतको सन्चार माध्यममा आएको समाचार अनुसार नासाले उक्त छुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किने सम्भावना ३ करोडमा १ अंशमात्र रहेको छ । घनत्व र बेगको हिसावले उक्त छुद्रग्रहको ठोक्काइ ५० मेघाटन शक्ति बराबरको हुने वैज्ञानिकहरुको आंकलन रहेको छ ।