युक्रेन सैनिक कानुन लागु गर्ने तयारीमा


किभ,(एजेन्सी)
युक्रेनको संसदले रसियाले आफ्ना तीनवटा नौसैनिक जहाजलाई कब्जामा लिएपछि राष्ट्रमा सैनिक कानुन लागु गर्नेबारे सोमवार निर्णय गर्ने भएको छ । ति तिनैवटा जहाजलाई क्रिमियाको समुदि« तटमा रसियाले नियन्त्रणमा लिएको हो ।

रसियाले सन् २०१४ मा क्रिमियामाथि आधिपत्य जमाएको थियो । यसै दौरान रसियार र युक्रेनका दुईवटा लडाकु जहाज आपसमा ठोक्किँदा युक्रेनको जहाज नराम्ररी क्षतिग्रस्त हुन पुगेको युक्रेनी रक्षा मन्त्रालयले आइतवार जनाएको थियो । तर रसियाले भने विना अनुमति युक्रेनका जहाज आफ्नो स्वामित्वमा रहेको जलिय क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ ।

यस घटनाको कारण रसिया र युक्रेनबिच ठूलो तनाव बढेको छ । पछिल्ला केहि वर्ष यता पहिलो पटक यि दुवै मुलुकका सेना खुल्ला रुपमा द्वन्द्वात्मक स्थितिमा देखापरेका हुन् । यद्यपि युक्रेनी फौज आफ्नै मुलुकको पुर्वी भागमा रुस समर्थित पृथकतावादीहरुसंग संघार्ष गर्दैआएको छ ।

रसियाले ति नियन्त्रणमा लिइएका जहाजका चालकदलका सदस्यहरुलाई अहिले केर्चमा सोधपुछ भइरहेको जनाएको छ । अघिल्लो दिनको बिहान युक्रेनका तोप जडित बदर्यान्स्क र निकोपोल तथा थानी कापु टग जहाज ओडेस्साको ब्ल्याक सि बन्दरगाहबाट आजोभ सागरको मारिपोल तर्फ जाँद ैथिए ।

सन् २००३ मा मस्के र किभ सरकारबिच भएको एक सम्झौता अनुरुप कर्च जलडमरु र आजोभ सागर दुवैले प्रयोग गर्न पाउने भएको थियो ।