जासुसीको अभियोग लागेका वेलायती मुक्त


दुवइ,(एजेन्सी)
संयुक्त अरव इमिरेटसमा जासुसी गरेको अभियोगमा जेल परेका ३१ वर्षिय वेलायती प्राज्ञ म्याथ्यु हेजेजलाई सोमवार क्षमादान पछि रिहा गरिउको छ । उनले भने आफुले कुनै जासुसी नगरेको बरु बिद्यावारिधिका अनसन्धान गदै आएको अडान लिँदै आएका थिए ।

आफ्नो पतिको रिहाइका लागि अथक प्रयास गर्दै आएकी डानियला टेजाडाले उनी रिहा भएकोमा अपार खुशी लागेको तथा घरमा उनको फिर्तीका लागि अधैर्य भएर प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएकी छिन् । संयुक्त अरव इमिरेटसको राष्ट्रिय दिवसको वार्षिक उपलक्षमा सरकारले उनी लगायत थुप्र्रैलाई बाँकी कैद मिनाह गरी रिहा गर्ने निर्णय गरेको हो ।

तर सरकारी प्रवक्ताले भने अझै पनि हेजेज शत प्रतिशत जासुस नै भएको दावी गरेका छन् । पत्रकार सम्मेलनको दौरान हेजेजले आफु एमआइ १६ को सदस्य भएको स्विकारेको भिडियो देखाइएको थियो ।

तर टेजाडाले विविसि रेडियोको फोर एस टुडे कार्यक्रममा बोल्दै यसरी अचानक पतिको रिहाइको खवर सुनेर आफु खुशी र आश्चर्यचकित भएको तथा सात महिना दुस्वप्न जस्तै बितेको बताएकीछिन् ।

विविसि अरवीका विेशेष संवाददाता फेरास किलानीले हेजेजलाई सोमवार राति नै लन्डन तर्फ पठाइन लागेको बताएका छन् । यता वेलायती विदेशमन्त्री जेरेमी हन्टले वेलायत सरकारले उनी माथि लगाइएका अभियोग सावित हुने कहिल्यै पनि कुनै पनि प्रमाण नदेखेको बताएका छन् । हेजेजले राष्ट्रपतिको विशेष आदेशमा जेलबाट मुक्ति पाएका हुन् ।