‘मंसिर २३ गतेदेखि शेयर लगानीकर्तालाई युजर आईडी र पासवर्ड’

0
Shares

काठमाडौं, (नेस)
शेयर बजारका लगानीकर्ताले आगामी मंसिर २३ गतेदेखि अनलाइन कारोबार गर्नका निम्ति युजर आईडी र पासवर्ड पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुसँग सोमबार भएको छलफलका क्रममा मंसिर २३ गतेदेखि शेयर बजारका लगानीकर्ताले युजर आईडी र पासवर्ड पाउने जानकारी दिनुभएको हो ।

शेयरको अनलाइन कारोबार प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई लगानी जोखिममा परेको भन्दै आन्दोलनमा उत्रिएका लगानीकर्तासँग सोमबार छलफल भएको थियो । गत कार्तिक २० गतेदेखि सञ्चालनमा आएको नलाइन कारोबार प्रणालीमा प्राविधिक समस्या देखिएपछि शेयर कारोबार सहज हुन सकेको छैन । नेप्सेले प्राविधिक समस्या सल्टाउने प्रयास गरिरहेको दाबी गर्दै आए पनि समस्या सुभिल्एको छैन ।

नेप्सेमा समस्या आएपछि १५ लाख लगानीकर्ताको १४ खर्बभन्दा बढीको लगानी जोखिममा परेको भन्दै शेयर लगानीकर्तासँग सम्बन्धित चारवटा संस्था आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले सोमबार नेप्से घेराउ गरेका थिए ।

यता सोमबार भएको कारोबारमा नेप्से परिसँचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ ।

कुल १५५ कम्पनीको ९ लाख ९१ हजार ७३० कित्ता शेयर ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता रुपियाँ खरिद बिक्री भएको छ ।

यस दिन सबैभन्दा बढी एनएमबि बैंकको कारोबार भएको छ । यस बैंकको २ करोड २७ लाख ६५ हजार रुपियाँका शेयर कारोबार भएको छ । बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यसतर्फ आकर्षित भएका छन् ।

समग्र नेप्से परिसँचकमा गिरावट आए पनि कारोबार भएका १० समँहमध्ये दुई समँह शेयर वृद्धि भएको छ भने अन्य आठ समँहमा गिरावट आएको छ ।
साताको दोस्रो दिन सोमबार वित्त शँन्य दशमलव ८१ र अन्य २ दशमलव २७ बिन्दँले बढेका छन् । तर, बैंकिङ समँह ४ दशमलव ८३, होटल समँह १३ दशमलव ३०, विकास बैंक समँह ५ दशमलव ७६, जलविद्युत् समँह ५ दशमलव ४२, निर्जीवन बीमा समँह ८९ दशमलव ३, उत्पादन समँह ३ दशमलव ७६, माइक्रोफाइनान्स समँह १५ दशमलव १६ र जीवन बीमा समँह ६७ दशमलव शँन्य ५ बिन्दुले घटेको छ ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् ।

सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि १ दशमलव ३ बिन्दँले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।