एडीबीसँग १७ अर्बको ऋण सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एसियाली विकास बैंक (एडीबी) ले नेपालका दुई वटा परियोजनाका लागि आर्थिक सहायता दिने भएको छ ।

एडीबीले नेपालको ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रसारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १७ अर्ब रुपियाँभन्दा बढी सहायता दिने भएको हो ।

अर्थसचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सोमबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्रालयका अनुसार एडीबीले नेपालको ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका लागि १ सय ३० मिलियन डलर र २० मिलियन डलर विद्युतीय प्रसारण लाइन परियोजनामा खर्च गर्ने गरी ऋण सहायता उपलब्ध गराएको हो ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले विद्युत् प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एसियाली विकास बैंकले प्रदान गर्ने थप २ अर्ब २८ करोड (२० मिलियन अमेरिकी डलर) शहरी खानेपानी व्यवस्थापन तथा सरसफाई परियोजनाको लागि प्राप्त हुने करिब १५ अर्ब (१३० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा निर्देशक मुख्तोर खामुदखानोभले नेपालको दिगो विकास र पँर्वाधारका क्षेत्रमा एडीबीको सहयोग नितन्तर रहन बताउनु भयो । त्यस्तै अर्थसचिव खनालले सहयता रकमको सही सदुपयोग हुने बताउनुभयो ।

गत मंगलवारनै (एडिबी)ले नेपाल सरकारलाई करिब ३९ अर्ब ३२ करोड रुपियाँ(३सय ४३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग गर्ने भएको छ । पँर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराएको अर्थमन्त्रालयले जनाएको छ ।

नेपालका ३६ परियोजनामा लगानी गरेको एडिबीले ठुला परियोजना कार्यान्वयन स्थिति सन्तोषजनक नरहेको शुक्रबार जनाएको थियो ।बैंकले शहरिविकास परियोजान र खानेपानी परियोजानमा नेपालमा बढि लगानी गरेको छ ।