आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवसले नयाँ युगको शुरुवात भएको बताउनुभएको छ ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागँ भएको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

मंसिर ११ गतेदेखि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागँ गरेको छ । ‘हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी भएको छ ।’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौं,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

यस योजनाका निम्ति रोजगारदाता र योगदानकर्ताको सँचीकरणका लागि कार्तिक २६ गते राजपत्रमा सँचना प्रकाशन भइसकेको छ । यो योजना पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागँ हुने छ । जसमा सँचीकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किमअन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।

संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सोको कार्यान्वयनका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना तीन महिनाभित्र सरकारले कार्यान्वयन गर्ने योजना बनाएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिनुभयो ।

योजनाअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि छ महिना योगदान गर्नुपर्ने हुन्छ । त्यस्तै मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्ने हुन्छ । श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ भने संस्थागत पँर्वाधारको रुपमा सामाजिक सुरक्षा कोष २०६७ मा स्थापना भई सञ्चालनमा रहेको छ ।
योजनाअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि छ महिना योगदान गर्नुपर्ने हुन्छ । त्यस्तै मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्ने हुन्छ । श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ

त्यस्तै रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पँर्ण खर्च स्किममा समावेश भएको छ । तर, व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म योगदान गरेको हुनुपर्छ । रोजगारजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा सात लाख रुपियाँसम्मको उपचार खर्च स्किमबाट प्राप्त हुनेछ ।

प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा कोषको स्किमबाट त्यस्तो सुविधा प्राप्त हुने छैन ।

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभँत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जीवित रहेसम्म निवृत्तिभरण (पेन्सन) र निजको १८ वर्ष उमेर पँरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ ।

यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्किममा समावेश गरिएको छ । योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जिवित रहेसम्म निवृत्तिभरणको व्यवस्था समेत गरिएको छ ।

सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनुपर्ने छ । सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभँत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभुत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने छ । यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सँचीकृत हुनुपर्ने छ ।

काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपँर्तिकर्ताका लागि मंसिर ६ गतेबाट रोजगारदाताको सँचीकरण शुरु भइसकेको छ भने काठमाडौं उपत्यका बाहिर प्रदेश नं. ३ मंसिर १५ गतेबाट, प्रदेश नं. १ पुस १ गतेबाट, प्रदेश नं. २ पुस १५ गतेबाट, गण्डकी प्रदेश र प्रदेश नं. ५ माघ १ गतेबाट एवम् कर्णाली प्रदेश र सुदँरपश्चिम प्रदेशका लागि माघ १५ गतेबाट सँचीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगारदाताले सँचीकरण भएको मितिले तीन महिनाभित्र योगदानकर्ता श्रमिकको सँचीकरण गरिसक्नुपर्नेछ । योगदानकर्ता सँचीकरण भएपश्चात् योगदान सकंलनको काम शुरू हुनेछ ।