सिभिल बैंक आठौं वर्षमा

0
Shares

काठमाडाैं, (नेस) ।
सिभिल बैंकले आठौंैं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले आठौंैं वार्षिकोत्सवका अवसरमा वृक्षारोपण, रक्तदान कार्यक्रम तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी मनाएको छ ।

बैंकले चक्रपथसंँगै जोडिएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण गरेको छ । उक्त कार्यक्रम बैंकका अध्यक्ष इच्छाराज तामाङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, बैंकका कर्मचारीलगायतको उपस्थिति थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप बृक्षारोपण गरेको हो । बैंकले त्यस क्षेत्रमा ३०० वटा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउनेसम्मको सम्पँर्ण जिम्मेवारी बहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

उक्त कार्यक्रममा पशुपतिक्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी रुखलाई ५ वर्षसम्म हुर्काई आपैंm सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहणीय रहेको बताउनुभयो ।

बैंकले पाशुपत क्षेत्र जस्तो देवभँमिमा बृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताउनुभएको थियो ।
चालँ आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) १८ करोड ५० लाख कमाएको छ । यो पहिलो वर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ९९ प्रतिशत वृद्धि हो । त्यस्तै बैंकको कुल शाखा संख्या ७० वटा रहेको छ ।