नगरसभा हुन नसकेको भन्दै नेपाली कांग्रेसको विरोध

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा नगर सभा बस्न नसकेको भन्दै नेपाली काँग्रेस सल्यानले नगरपालीकामा विरोध प्रर्दशन गरेको छ । विगत पाँच महिनादेखि नगरसभा बस्न नसक्दा नगरबासीहरुको अधिकार कुन्ठित भएको भन्दै नेपाली काँग्रेसले सोमबार विरोध प्रदर्शन गरेको हो । नगर सभा छिटो गरी नगरपालिकाका काम कारवाही चुस्त द्रुस्त गराउन उनीहरुले माग गरेका छन् ।

नगर सभा छिटो गर, शिक्षक कर्मचारीहरुलाई तलवभत्ताको व्यवस्था गर, वृद्ध भत्ता वितरण गर, विधिको शासन लागुु गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नगरपालिकामा काँग्रेसले विरोध प्रर्दशन गरेको छ ।

नगर प्रमुख र उप प्रमुख सहित वडा अध्यक्षहरुको विवाद हँुदा अहिले सम्म पनि नगर सभा हुन नसक्दा सम्पुर्ण विकास निर्माणका काम लगायत नगरपालिकाबाट हुने सम्पुर्ण कामकाज ठप्प भएका छन ।

बिरोध सभामा बोल्दै सल्यान जिल्ला उपसभापति निम बहादुर ओलिले जतिसक्यो चाँडो नगर सभा सम्पन्न गरी शिक्षक कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशिल विषयमा गम्भिर बन्न आग्रह गरे । नगरको गति शन्य गतिमा रहेकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगायतका जनतालाई तत्काल राहत हुने कामकाज अघि बढाउन आग्रह गरे ।

जिल्ला कार्य समिति सदस्य दिपेन्द्र विष्टले बन्गाडका जनप्रतिनिधिहरुलाई भ्रष्टचारीको आरोप लगाए । योजनाको रकम खानेकुरामा कुरा नमिले पछि लफडा निकालेर जनताहरुलाई दुख दिई रहेको उनको भनाई रहेको छ ।

नगर सभा नहँुदा नगरपालिका १ सय २ जना कर्मचारी तथा जनप्रतिनिधि, शिक्षक कर्मचारी २ सय ८५ जना तलब पाउनबाट बञ्चित भएका छन भने २ हजार ९ सय ७३ जना सामाजिक सुरक्षा भता पाउन बन्चित हुनुका साथै अन्य सम्पुर्ण विकास निर्माण काम लगाए ठप्प भएका छन ।