७ बर्ष बित्दा पनि पूरा भएन दोर्दीखोलामा मोटरेबल पुल

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा एउटा मोटरेवल पुल निर्माण थालिएको ७ बर्ष बित्दा पनि निर्माण कार्य पुरा हुन नसक्दा सेवाग्राही मर्कामा परेको छन । जिल्लाको पश्चिम उत्तर खण्ढड जोड्ने पुनको ७ वर्षदेखिको पखाईमा मोटेरेवल पुलको पर्खाईमा गाउँलेहरु सास्ती खेपिरहेका हुन् ।

बेसीसहर नगरपालिका– ११ चिति र दोर्दी गाउँपालिका– ४ नौथर जोड्ने दोर्दीखोला मोटरेबल पुलको निर्माण कार्य २०६८ सालदेखि काम थालनी गरी २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर निमार्ण कार्यले अझै गति लिन नसक्दा दोर्दी गाउँपालिकाको विभिन्न वडाका दजनौं गाउँका स्थानीयले समस्या झेलिरहेका छन् ।

बेसीसहर नगरपालिका ११ स्थित चितीको चित्रेफाँट र दोर्दी गाउँपालिका– ४ नौथर शेराबजार जोड्ने दोर्दीखोलामा निर्माणाधिन पुलको कामलाई निर्माण पक्षले वास्ता नगर्दा ७ बर्ष वित्दा पनि पुल बन्न नसकेको हो । हालसम्म पुलका लागि ४ वटा पिलर उठाउनुका साथै ढलानको लागि चितितर्फ भागमा फर्मा तयार पारिएको छ । सो पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको डिभिजन सडक कार्यलय दमौलीका इन्जिनियर गौतम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार सो पुलको ६० मिटरमध्ये २० मिटर सुपर स्टक्चर गर्न र फिनिसिङ गर्न बाँकी रहेकाले करिब २० प्रतिशत काम अझै बाकी छ ।
सपना निर्माण सेवा कम्पनी र जय बाबा कम्पनीलाई पुलको जिम्मा दिएर करिब ३ करोडको लागतमा निर्माण गर्न लागिएको ५८ मिटर लम्बाई, ६ मिटर चौडाईको सो पुल ०६८ मा भएको सम्झौता अनुसार ०७० असार मसान्त भित्रै निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । २०७५ सालको आधा बर्ष वित्दासम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा जनतालाई सास्ती मात्रै होइन निराश समेत बनाएको निर्माण समितिका सचिव रविन्द्र अधिकारीको गुनासो छ ।

हिउँदको समयमा खोलामा ह्युमपाईप राखेर सवारी साधान नौथर, श्रीमञ्ज्याङ हुँदै ढोडेनीको छोटेखोलासम्म सवारी साधन संचालन हुदँै आएको छ । दोर्दी खोलामा मोटरेवल पुल नहुँदा नौथर, श्रीमञ्ज्याङ, पाचोक, ढोडेनी, फलेनी, गौंडा लगायतका दजनौं गाउँमा सामान ढुवानी र आवतजावतमा निकै समस्या हुने गरेको स्थानीय शिक्षक केदार बोहराले बताउनु भयो ।

सो करिडोरमा २ मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेको छ भने अन्य विद्युत आयोजनाहरू ५४ मेगावाटको सुपर दोर्दी– ख, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी– ए निर्माणाधिन अवस्थामा छन् । पुलको निर्माण नहुँदा ती आयोजनालाई निर्माण सामग्री ढुवानी, मजदुर तथा प्राविधिक जनशक्तिलाई आवत जातवमा समस्या परेको छ ।