नेपाली हस्तकला सामग्रीको आकर्षक बजार बन्दै बेलायत

0
Shares

सञ्जयभक्त कँडेल, बेलायत
नेपाली सिप कलाको इतिहास हजारौ बर्ष पुरानो छ यद्यपी नेपाली हस्तकला र नेपाली मौलिक उत्पादनको अन्तराष्ट्रिय निर्यात सन् १९६० तिरबाट मात्रै शुरुवात भएको हो । हस्तकला र अन्य नेपाली उत्पादनको व्यवस्थित बजार भने सन् १९७० पछि मात्रै भएको हो । छिटपुट, लुकी छिपी यस्ता सामानको उत्पादन गर्ने श्रमिक र कारखानाको एकिन तथ्याङ्क नभए पनि आजसम्म ७० वटा कम्पनी मात्रै नेपाल सरकारसंग दर्ता भई विधिसम्वत नेपाली हस्तकलाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ ।

करिब दुई लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा अहिले चिया र नेपाली हस्तकला सामाग्रिको सुरक्षित बजार बन्दै छ । बेलायतको रिडिङ्गमा बसोबास गर्ने गम्भीरराज केसी र मिसेस यूके नेपाल २०१८ की फष्ट रनर अप बन्दना केसी यतिखेर नेपाली हस्तकला र उत्पादनको बजार प्रवद्धन र विस्तारमा लागि परेका छ्न । सन् २०१७ मा खत्री दम्पतिले बेलायतमै “ खत्री एण्ड को प्रा. लि.“ विधिवत दर्ता गरि नेपाली हस्तकला सामाग्रिका लागि बजार खोज्न शुरु गरेका हुन ।

स्वर्गीय कल्याणराज केसीले नेपालमा सन् १९७० को दशकमा पोल्ट्री ब्यवसायमा आधुनीकिकरणको प्रवेश गराए लगत्तै हजारौ व्यवशायी र किशानहरु लाभान्वित भएका थिए । आफ्नो बाबुले गरेको कार्यबाट प्रभावित भएका खत्री एण्ड को प्रा. लि. का निर्देशक गम्भीरराज केसीले नेपाली हस्तकला र उत्पादनलाई बेलायत लगायत युरोपियन मुलुकमा सुरक्षित बनाउन प्रयास गर्दैछन ।

नेपालको हस्तकला सामग्री र उत्पादन प्रवद्धनका लागि केसीले बेलायतको रिडिङ्गमा आगामि डिसेम्बर १ र २ मा हुने बृहत क्रिसमस मेला र बजारमा स्टल नै राखेर बेलायतको स्थानिय, आन्तरिक पर्यटन अनि अन्तर्रा्ष्ट्रिय ग्राहकलाई आकर्षित पार्ने तयारीमा छन ।

ह्याण्डी क्रयाफ्ट एसोशिएसन अफ नेपालका अनुसार ४२ थरि समूहका विभिन्न सामानहरू नेपालमा उत्पादन भए पनि मुख्यतः पस्मिना, ऊन, सुतीका कपडा, धातु र काठ का घरायसी सामान, चाँदीका गहना, नेपाली कागज लगायत बिस भन्दा बढि सामाग्री ठूलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ ।

पचासी भन्दा बढि देशमा नेपाली हस्तकला उत्पादनले स्थान पाए पनि अमेरिका एक्लैले अन्तर्राष्ट्रीय बजारमा निर्यातित हस्तकला सामग्रीको २५ ५ भन्दा बढि उपभोग गर्छ । त्यसै गरी भारत, बेलायत, क्यानडा, जर्मन, जापान, इटाली, फ्रान्स, अष्ट्रेलिया, नेदरल्याण्ड, चिन जस्ता विकशित मुलुकमा नेपाली हस्तकला र उत्पादनको खपत बढ्दो छ ।