विश्व कीर्तिमान राख्न भिड्र्दै वन्दना

0
Shares

काठमाडौँ, (नेस)
धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल यतिबेला ४ दिनदेखि नृत्य गरिरहेकी छिन् । १७ बर्षिय नेपाल यही मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा नृत्य गरिरहेकी छिन् ।

बाल्यकालदेखि नै नाच्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेशनल कलेजमा दश जोड दुईमा अध्ययनरत छिन् । नेपालको कला सँस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्यमा गरेर विश्व रेकर्ड राख्ने चाहेको बन्दना नेपाल फाउण्डेसनका संयोजक सन्तोष लामाले बताउनुभयो ।

भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले २०१६ मा उक्त रेकर्ड राखेकी हुन् । उनको रेकर्ड तोड्न बन्दनाले १२६ अर्थात् लगातार पाँच दिन नृत्य गर्नेछिन् ।