एनआरएनए युएईद्वारा आईजीपीको मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै गम्भिर आपत्ति

0
Shares

दुबई। गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए ), युएईले आफ्नो बार्षिक उत्सब कार्यक्रममा केहि समयका लागि बिषेश अतिथिको रुपमा उपस्थित भएका नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालको विषयमा मानहानि हुने गरी विभिन्न अनलाईन पत्रीकामा समाचार प्रकाशित भएको भन्दै गम्भिर आपत्ति जनाएको छ ।

केही अनलाइनहरुले आईजीपीले  सुन तस्करसंग भेटघाट गरेको भन्दै नियोजित रुपमा समाचार बनाएका थिए । एनआरएनए एनआरएनए यूएईले भनेको छ – ‘ गतसाता युएईमा सम्पन्न ईन्टरपोलको महासभामा भाग लिन दुबई आउनु भएका आईजीपी खनाललाई एनआरएन, युएईको बार्षिक कार्यक्रममा उपस्थित हुन हामीले गरेको आग्रह बमोजिम उहाँ विषेश अतिथीको रुपमा उक्त कार्यक्रममा करीब १ घण्टा उपस्थिती जनाउनुका साथै शुभ कामना मन्तब्य दिने क्रममा प्रत्येक देशको कानुनलाई पालना गर्दै गलत क्रियाकलाप र कार्यमा संलग्न नहुन आग्रह गर्नुभएको थियो ।

सो कार्यक्रम खुल्ला प्रकृतिको भएको हुदाँ के र कस्ता प्रकृति र प्रवृतिका मानिसहरुको उपस्थिती हुन्छ भन्दा पनि प्रवासमा रहेका नेपालीहरु र त्यहाँ अवस्थित संस्थाहरुसंग भेट हुने अभिप्रायले उपस्थित जनाउनु भएको थियो । समाचारमा उल्लेखित व्यबसायी श्री ठाकुर प्रसाद ढुंगाना एनआरएन आईसीसीका सदस्य हुनुभएको र वहाँलाई नेपालको कानुन एवं सरकारले हालसम्म दोषि करार नगरीसकेको अवस्थामा एनसीसी युएईले निमन्त्रणा गर्नुका साथै सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । तर, समाचारमा उल्लेख गरिए जस्तो आईजीपी खनालले सो कार्यक्रममा कसैसंग व्यक्तिगत भेटघाट नगरेको र कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य व्यक्त गरी बिदा भएर निस्कनु भएको थियो । युएईमा भ्रमणमा रहँदा उहाँले कोही पनि आरोपित ब्यक्ति र तस्करहरुसंग ब्यक्तिगत रुपमा भेटनुभएको भन्ने बारे कुनै जानकारी नभएको हुँदा कपोलकल्पित र सुनियोजित ढंगले लेखिएको उक्त समाचारको खण्डन गर्दछौ । ‘