सामुदायिक लघुवित्तकाे आईपिओ बाँडफाँड

0
Shares

काठमाडाैं । सामुदायिक लघुवित्त (SAMUDAYIK) ले मंसिर २ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ।

केहीबेर अघि सम्पन्न बाँडफाँडमा २७ हजार ३०० जनाले १० कित्ताका दरले आर्इपिओ प्राप्त गरेका छन् । आईपिओमा अावेदन गरेका २ लाख २८ हजार १६ जनाकाे हात रित्ताे भएकाे छ । सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर लघुवित्तले २ लाख ७३ हजार कित्ता शेयरमा सर्वसाधारणमा निष्काशन गरेको थियो ।

आईपिओमा दुई लाख ५५ हजार ३ १६ जनाले आवेदन दिएको एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । जस मध्ये २ लाख २८ हजार १६ जनाले लघुवित्तको शेयर प्राप्त गर्न सकेनन् ।

संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार ५०० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो । ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

आईपि निष्काशन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ ।