क्जिट सम्झौतालाई ईयुले स्विकृती दिनुपर्छ: डोनाल्ड टस्क


ब्रसेल्स (एजेन्सी)
युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले युरोपेली संघ संसदले आइतबार हुने बैठकमा ब्रक्जिट सम्झौतालाई स्विकृति दिनु पर्ने बताएका छन् ।

यसअघि स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले जिब्राल्टरलाई लिएर बेलायत सरकारबाट आश्वासन पाएपछि उक्त बैठक बहिस्कार गर्ने अडान छोडेका छन् । आफुलाई बेलायत क्षेत्रमा स्पेनको भावी भुमिकालाई लिएर बेलायत सरकारबाट लिखित आश्वासन प्राप्त भएको उनले बताए ।

बेलायतकी प्रधानमन्त्री टेरिजा मे ब्रसेल्स पुगेकी छिन र बैठक पुर्व इयुका शिर्ष अधिकारीहरुसँग छलफल गरेकको बताइएको छ ।

यसबीच बेलायनका पुर्व विदेशमन्त्री बोरिस जोनसनले उक्त सम्झौता अनुसार बेलायत एक ‘स्याटलाइट स्टेट ‘ बन्ने बताए । बेलायत सन् २०१९ मार्च २९ मा युरोपेली संघबाट आधिकारिक रुपबाट अलग हुनेछ ।

सन् २०१६ मा ब्रेक्जिटलाई लिएर बेलायतमा भएको जनमत संग्रहको नतिजा अलगिने पक्षमा आएपछि यस मुद्दामा विशेष चर्चा भइरहेको छ । यदि ईयुले ब्रेक्जिट सम्झौतालाई स्विकृती दिए भने पनि बेलायतको संसदबाट पारित हुनु जरुरी हुन्छ । तर बेलायतमा सांसदहरुले त्यसको विरोध गरिरहेका छन् ।
स्पेनले बैठक पुर्व आफुसँग जोडिएको बेलायती भुमी जिब्राल्टरको मुद्दालाई कसरी ब्यवस्थापन गर्ने भन्ने मुद्दा उठाएको थियो ।