ओरियन्ट ब्रँन्डका हिटर र गिजर बजारमा

0
Shares

काठमाडौं, (नेस)
चौधरी समँहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी ईओएल प्रालि ओरियन्ट इलेक्ट्रिक उत्पादनको नेपालका लागि आधिकारिक बितरक रहेको छ ।

उक्त कम्पनीले ओरियन्ट इलेक्ट्रिक ब्रान्डका हिट कन्भेक्टर, पाँच वटा मोडलको इलेक्ट्रिक गिजर, सात मोडलको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसीबी बजारमा ल्याएको छ ।
कम्पनीले ओरियन्ट इलेक्ट्रिक हिट कन्भेक्टर एचसी २००३ डीे रुम हिटरमा २ वटा हिटिङ पोजिसन छन् । तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ ।

यो रुम हिटर २ हजार वाटको छ । कम्पनीका अनुसार यसको नेपाली बजारमा ५ हजार ४९१ रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक गिजर, औरा नियो १, ३ रहेको छ । १ लिटर गिजरको बजारमा ६ हजार ९९४ रुपियाँ रहेको छ । त्यस्तै ३ लिटर गिजरको रु. ७ हजार ९८९ रुपियाँ रहेको छ ।