दोस्रो क्याबिनेट मिटिङ दमौलीमा सम्पन्न

0
Shares

टंकराज अधिकारी, पोखरा
लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याविनेट मिटिङ तनहुँमा सम्पन्न भएको छ । मंसिर ७ र ८ गते तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न क्याबिनेट मिटिङमा करिव २ हजार लायन्स सदस्यहरुको उपस्थितिमा रहेको थियोे ।

पहिलो दिन उद्योग वाणिज्य संघको सभाकक्षमा र दोस्रो दिन दमौली बजारकोे खुल्ला चौरमा मिटिङ आयोजना भएको थियोे । कार्यक्रमको आयोजना तनहुँ स्थित क्लबहरु लायन्स क्लब अफ तनहुँ, तनहुँ दमौली, तनहुँ व्याससिटी, भानुभक्त, सत्यवती र लियो क्लब अफ तनहुँले संयुक्त रुपमा व्यवस्थापन गरेका थिए ।

मिटिङलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे । सामाजिक काम र लोकतान्त्रिक पद्धति लायन्सबाट राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने उनले बताए । उनले बिगत १५÷२० बर्ष अघिदेखि नै मानविय सेवाका कार्यमा सकृय रहेको भए पनि लायन्सले बिशेष गरि अपाङगताको क्षेत्रमा गरेको सेवाका कार्यले प्रभावित भएको बताउदै आफुलाई पनि लायन्स सदस्य बनाउन अनुरोध गरका थिए ।

सो अवसरमा अपाङगता भएका बिभिन्न ६ जनालाई ह्वीलचेयर प्रदान गरिएको थियो भने शारिरीक अपाङगता भएका लोकबहादुर तामाङले नृत्य प्रस्तुत गरेका थिए । उनको सहयोगको लागि उपस्थित लायन्सहरुबाट संकलित करीव एकलाख २५ हजार रुपैया तामाङलाई प्रदान गरिएको थियो ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले लिभिङ वाइ गिभिङ भन्ने नाराका साथ सुरु भएको आफनो कार्यकालको करिव ५ महिनामा ९० प्रतिशत काम सम्पन्न गरेको बताए । सम्पुर्ण लायन्सहरुको सहयोगबाट डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्र्तराष्ट्रियमा स्थापित गराउन मदत पुगेको बताउदै अपाङगताको क्षेत्रलाई प्राथामिकतामा राखि काम गर्न क्लबहरुलाई आग्रह गरे बमोजिम फरक क्षमता भएका व्यक्तिहरुलाई ५ सय वटा ह्विलचयर, १ हजार २ सय २० जनालाई सेतो छडी र २ सय जनालाई हेइयरिङ एड वितरण गरिसकेको गभर्नर श्रेष्ठले जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि एलसिआइसफ एरिया लिडर बालकृष्ण बुर्र्लाकोटीले डिष्ट्रिक्टले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरत शर्मा, ब्यास नगरपालीकाका प्रमुख बैकुण्ठ न्यौपाने लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठ, राजन लम्साल, प्रेमबहादुर श्रेष्ठ निवर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर मन रोका, पुर्व डिष्ट्रिक्ट गभर्नर धुर्व थापा, भुगोल शेरचन, युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान, क्याबिनेट सेक्रेटरी राम बसेल, चिफ डिष्ट्रिक्ट एड्भाईजर धुर्व श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमका संयोजक रिजन चेयरपर्सन सुरेन्द्र पौडेलले मोफसलमा आयोजना गरिएको भएपनि डिष्ट्रिक्टको क्याबिनेट मिटिङ ऐतिहासिक भएको नेपाल भरिका लायन्सकर्मीको तनहुँमा भएको जमघटले तनहुँको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगेको बताउदै सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।