नमुना समुदाय बनाउन सरसफाइ समिति गठन

0
Shares

ललित सिंह, बझाङ
जिल्लालाई पूर्ण सरसफाई जिल्ला बनाउने जिल्ला सभाको घोषणा संगै अहिले जिल्लाका सबै स्थानीय तहमा समुदाय स्तरीय सरसफाई समिति गठन गदै आएका छन् ।

केदारस्यु गाउँपालिका वडा नम्बर ५ सिङ्गेचुला गाउँमा सरसफाईमा नमुना समुदाय र नमुना बिद्यालय बनाउनको लागी समुदाय स्तरीय आई डि एस नेपाल बझाङ्गको सहजस्करणमा सरसफाई समिति गठन गरिएको छ । नेपाल सरकारको लक्ष्य अनुरुप एकीकृत बिकास समाज नेपालको सहजीकरणमा केदार स्यँु गाउपालिका को वडा नम्बर ५मा रहेको जनचेतना प्रा बि लाई र सोही ठाउँमा रहेको सिङ्गेचुला गाउँलाई पुर्ण सरसफाई युक्क्त समुदाय र बिद्यालय बनाउने लक्ष्य लिएर अहिले बिकट बस्तीका बिभिन्न समुदायमा पूर्ण सरसफाईको अभियान चलिरहेको छ ।

बिगतका दिनहरुमा जसरी जिल्ला लाई खुल्ला दिशा मुक्त जिल्ला घोषण गरेर घरघरमा चर्पी निमार्ण गरी स्थानीय जनताको चेतनामा परिवर्तन हुदै आएको थियो । अब सरसफाईको महत्ब नबुझेका बझाङ्ग बासी लाई सरसफाईको महत्बको बारेमा दर्साउदै अहिले आई डी एस नेपाल बझाङ्गले सरसफाईमा नमुना बिद्यालय र नमुना समुदाय बनाउन बिभिनन समुदायमा सरसफाई समिति गठन गरी सरसफाईका क्रियाकलाप अगाडी बढाई रहेको आईडिएस नेपालका जिल्ला अधिकृत रमानन्द जोशीले बताए ।

उनले भने यो कार्यक्रम जहाँ शिक्षाका लागी खाद्य कार्यक्रम लागु भएका निमाबि र प्राबी बिद्यायलमा अध्यनरत बिद्यार्थीहरुका लागी स्वच्छ सफा तरीकाले दिबा खाजा उपभोग गर्न पाउन र बिद्यालय स्तरी र समुदायमा बस्दै आएका बासिन्दाहरुले सरसफाईको महत्ब बुझेर नमुना बिद्यालय र नमुना समुदाय बनाउने लक्ष लिएर अहिले जिल्ला भरी नै सरसफाई समिति गठन भैरहेको बताए ।

केदारस्युँ गाउँपालिका ५ सिङ्गेचुला गाउँका स्थानीय बासीको सहभागीतामा र बिभिन्न सरोकारबालाको उपस्थितीमा समुदाय स्थरीय सरसफाई समिती गठन गरीएको छ । स्थानीयबासी डबल बोहराको अध्यक्षतामा ११ सदस्सीय समिती गठन गरीएको हो जसमा अध्यक्ष डबल बोहरा, उपाध्यक्ष परुलि देबि बोहरा, सचिब मिना देबि बोहरा, सदस्य उजली देबि बोहरा लालमती देबि बोहरा, जौमती देबि बोहरा, कोषा देबि बोहरा, दान बहादुर बोहरा, अम्मर बोहरा, जय बोहरा ,कमल बोहरा, समुदाय स्तरीय सरसफाई समितीमा रहेका छन् ।

आफनो गाउँठाउँलाई र बिद्यालयलाई सरसफाईमा नमुना बनाउनको लागी र आई डि एस नेपालको सहजीकरणमा समिती गठन भै सरसफाईका क्रियाकलाप अगाडी बढाईने समितीका अध्यक्ष डबल बोहराले बताउनुभयो ।
ग्रामीण बस्तीमा बस्दै आएका स्थानीय बासिन्दालाई सरसफाईको महत्व थाहा नभएकाले अब सरसफाईमा सम्बन्धीत सबैले बिभिन्न जनचेतनाका क्रियाकलापलाई अगाडी बढाई जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषर्ण गर्नमा सहयोग पुग्ने छ भन्ने अपेक्षा रहेको छ ।