ग्रिसमा विश्वका कम्युनिष्टहरुको महाभेला

0
Shares

दीपेन्द्र गजुरेल स्पेन ।
विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको २० औ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पनि आफ्नो सहभागिता जनाएको छ ।

शनिबार ग्रीसको राजधानी एथन्सेमा जारी सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले नेपाल कम्युनिष्ट पार्टी एकिकरण पछि देश कै ठुलो शक्तिशाली पार्टी बनेपछि देशमा स्थायी शान्ति स्थापनार्थ नेकपा दृढतापुर्वक अगाडि बढेको बताए । केन्द्रिय सदस्य रिजालले मुलुकमा अस्थिर राजनीति दण्डहिनता अराजकतालाई अन्त्य गर्दै ठुला कम्युनिष्ट पार्टी एक भएर मुलुकलाई समाजबाद तर्पm उन्मुख गर्न लागि परेको बताएका थिए ।

कार्यक्रममा सहभागिता जनाएका राष्ट्रहरुले नेपालको कम्युनिष्ट पार्टीबाट शिक्षा लिनुपर्ने र समाजबाद तर्फ उन्मुख हुदै गरेकोमा नेपाललाई शुभकामना सहित बधाई दिएका थिए ।

सम्मेलनमा सहभागी अर्का युवा नेता मोहन गौतमले कार्यक्रममा सहभागिता जनाउन पाएकोमा खुशी ब्यक्त गरेका थिए । ग्रीसमा भएको उक्त दुई दिने सम्मेलनमा ७३ देशका ९१ पार्टीलेसहभागिता जनाएका छन ।