झापाकाे शिवसताक्षीमाआगलागी, एकै परिवारका चारको मृत्यु

0
Shares

झापा । शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार, मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने पुष्टी भएको छैन ।