संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गर्नु भयो ।

केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराइएको छ । केन्द्रीय कार्यसमितिको मंसिर १३ गते विहान ११ः०० बजे प्रारम्भ हुने बैठकमा मस्यौदा माथि विस्तृत छलफल प्रारम्भ हुनेछ ।