सानिमा बैंकका कर्मचारी र अर्थ कवच सहकारी प्रबन्धक अख्तियारको हिरासतमा

0
Shares

काठमाडौं  ।  नक्कली धनी खडा गरी वास्तविक धनीलाई थाहा नै नदिई १० करोड रुपैयाँ बराबरको जग्गा बिक्रि गरेको घटनामा सलग्न दुई जना पक्राउ परेका छन् । चन्दनलाल कायस्थको बुढानिलकण्ठस्थित ४० आना जग्गा प्रकरणमा प्रहरीले साविनामा बैंक एकान्तकुना शाखाका कर्मचारी सनिस सापकोटा र न्यूरोडस्थित अर्थ कवचन बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक निर्देशक नवुदर्गा ढुंगेल तथा निर्देशक सुरेशकुमार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पक्राउ गरेको हो ।

उनीहरुले ६ करोड रुपैयाँको नक्कली बैंक भौचर बनाएको आरोपमा उनीहरुलाई आयोगले पक्राउ गरेको हो । सो प्रकरणमा मालपोतका कर्मचारीहरु यसअघि नै पक्राउ परिसकेका छन् ।