सेतीबेणी—पोखरा सडक राष्ट्रिय राजमार्गका रुपमा अघि बढ्छ -अध्यक्ष तिमिल्सीना

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेको पर्वतको सेतीबेणी हुदै डाँडैडाडा पोखरा सम्म पक्की सडक पु¥याउने लक्ष्य सहित काम शुरु हुने भएको छ ।

पर्वतको मध्यभागको अधिकाँश भूभाग भएर जाने भएकाले जिल्लाकै मेरुदण्ड मानिने सडक दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग रुपमा अघि बढाउन लागिएको हो । सडक स्तरउन्नती र कालोपत्रेका लागि यस बर्ष डिपीआर बनाइने भएको छ ।

पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्मको सडक यस बर्ष देखि नै राष्टिय राजमार्गको रुपमा निर्माण थालिने जानकारी दिएका छन ।

गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा परेको र अहिले बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) निर्माणको काम यसैबर्ष शुरु हुने अध्यक्ष तिमिल्सीनाले बताए । ‘डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना हो’ उनले भने ‘यसपटक राष्ट्रिय योजनामा समावेश गरि कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु¥याउने योजनाले मुर्त रुप दिनेछौ’

सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने अध्यक्ष तिमिल्सीनाको भनाई छ ।

अहिले सेतीबेणी देखि पर्वतको लुंखु, आर्थर, राम्जा हुँदै पोखरा सम्म कच्ची सडकले जोडिएको छ । ‘अबको बजेट स्तरउन्नती र कालोपत्रेका लागि काम हुनेछ’ उनले भने । उक्त सडकमा साइकल लेन समेत निर्माण गरि पोखरा देखि पर्यटक ल्याउन सकिने योजना पनि सुनाए । यो सडक तिमिल्सीना जिबिस पर्वतको सभापति हुँदा शुरु भएको हो ।

नवलपरासीको त्रिबेणी देखि सेतीबेणी हुँदै पर्वतको कुस्मा र म्याग्दीको बेनी जोड्ने सडक पनि राष्ट्रिय राजमार्गको रुपमा डिपीआर बनाउने काम शुरु हुने पनि तिमिल्सीनाले जानकारी दिए ।

पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग सहित ३ वटा राष्ट्रिय राजमार्ग बनेपछि जिल्लाको बिकासमा ठुलो परिर्वतन आउने बताए । भित्री सडकहरु प्रदेश र स्थानिय तह तथा सडक आयोजनाबाट कालोपत्रे गरि पर्वतका मुख्य सडक कालोपत्रे हुने बताए ।