तीनकुनेमा छुरा प्रहार गरी हत्या गर्ने दुई पक्राउ

0
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा शनिबार दिउँसो छुरा प्रहार गरी हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

छुरा प्रहारबाट घाइते भएका मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको उपचारको क्रममा ज्यान गएको थियो । दिउँसो तीनकुनेको गैरीगाउँमा छुरा प्रहारबाट घाइते भएका अनिल श्रेष्ठको वीर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताएका छन् ।