महानगर सुन्दर बनाउने अभियान शान्तिवाटिकाबाट शुरु

0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौँलाई धुलोधुवाँमुक्त बनाएर ’नो मास्क सिटी’ बनाउने बाचा गर्नुभएको थियो । मेयर शाक्यले चुनावी अभियानकै क्रममा मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौँ निर्माण गर्ने योजना आफूसँग भएको पनि बताउनु भएको थियो ।
मेयर शाक्यलेले अघि सारेका ती योजनाले अब विस्तारै मूर्तरुप लिने संकेत देखिएको छ । काठमाडौँ महानगरपालिकालाई धुलो–धुँवामुक्त बनाउन यस अघि नै विभिन्न ठाउँमा ग्रिनरी मेण्टेन गर्ने, कतिपय ठाउँमा ‘आइल्याड’ बनाएर त्यहाँ पानी हाल्ने काम गरिरहेको महानगरपालिकाले धुलो उठाउन सहज होस भनेर पाँच ओटा बु्रमर खरीद प्रक्रियालाई समेत अघि बढाएको छ ।
महानगर सफा गर्न नियमित रुपमा लागिरहेको महानगरपालिकाले  शनिवारबाट सहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुरुपम आजबाट सडकको नालीमा बनाइएका अनावश्यक ¥याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफा गर्ने कामको थालनी गरेको हो ।
शनिबार विहानको झुल्के घाँमसँगै शान्तिवाटिकाबाट शुरु गरेको यो अभियानले अब निरन्तरता पाउने मेयर शाक्यले दाबी गर्नुभयो । कार्यक्रमको शुरुवात गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकासँगै विभिन्न संघ–सस्थाले अलग–अलग रुपमा सरसफाई अभियान सञ्चालन गरेको स्मरण गराउँदै भन्नुभयो– ‘कतिपय ठाउँमा काठमाडौँ महानगरपालिका आफैँले गथ्र्यो । कपतिपय ठाउँमा सडक विभागले पनि आफैँ सरसफाई गर्दै आएको थियो । हामीले वातावरण र फोहोर–मैलासँग सम्वन्धित निकायलाई सरसफाईका लागि आह्वान गर्दै आएका थियौँ । उहाँले अब सामुहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर राख्ने बताउनुभयो । ‘महानगरपालिका फोहोर र सडकसँग सरोकार राख्ने निकायसँगै बसेस यो सर–सफाई अभियानलाई अझ तिव्रता दिने र अझ शसक्त बनाउने अभियानमा हामी लागेका छौँ,’ उहाँले भन्नुभयो ‘यो सर–सफाइमा परिणाम प्राप्त हुने बलियो आधार हो । यो अभियानमा सम्पूर्ण संघ–संस्था मिडियाकर्मीलगायतको पनि सहयोग रहने मैले अपेक्षा गरेको छु ।’
मेयर शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो । कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो । महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रर्वद्धन गर्न, अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ् जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नु पर्ने विषयमा पनि सरोकारवाला निकायहरु सहमत देखिएका छन् ।