थाइ दम्पति ठग्ने ड्राइभरलाई कैद


पेरिस,(एजेन्सी)
फ्रान्सको राजधानी पेरिस स्थित एउटा अदालतले शुक्रवार विमानस्थलबाट नजिककै एक गनत्व्य सम्म जानका लागि एक थाइ दम्पतिसंग २ सय ४७ युरो भाडा माग्ने एकजना नक्कली ट्याक्सी ड्राइभरलाई आठ महिना लामो कारावास संजाय सुनाएको छ ।

ति सिधा सोझा पर्यटक र ठग ड्राइभरबिचको विवादको भिडियो यु ट्युवमा भाइरल भएको थियो । रोइस्सि चाल्र्स डि गाउल्ले विमानस्थलबाट पेरिसको मध्य भाग सम्म आउनका लागि सामान्यतया ट्याक्सी भाडा ४५ देखि ५५ युरो मात्र लाग्ने गरेको छ ।

ति दम्पतिले अन्तत २ सय युरो दिएपछि मात्र ड्राइभरले तिनीहरुलाई जान दिएको भिडियोमा देखिन्छ । एनोक सि नामक ति ड्राइभर ठगी र जवर्जस्ती पैसा उसुली गरेको अभियोगमा दोषि ठहरिएका छन् ।

उनले भिडियोमा आफु भिटिसि नामक एउटा निजी ट्याक्सी सेवामा कार्यरत रहेको बताउँदै गरेको पनि देखिन्छ । २ सय ४७ युरो मागिएपछि ति थाइ दम्पतिले ट्याक्सीको ढोका खोल्न र प्रहरीकहाँ जानदिन अनुरोध गरेको पनि देखिन्छ ।