९५ वर्षिय वृद्ध विरुद्ध हजारौ मारेको आरोप


वर्लिन,(एजेन्सी)
जर्मन सरकारी वकिलहरुले शनिवार एकजना ९५ वर्षिय वृद्ध विरुद्ध एउटा अष्ट्रियन नाजी मृत्यु शिविरमा दशौं हजार कैदीको ज्यान लिने काममा संलग्नता रहेको अभियोग लगाएका छन् ।

कानुनी गोपनियताको कारण परिचय स्वरुप हयान्स एज मात्र भनिएका ति वर्लिन निवासी ति वृद्ध सन् १९४४ को मध्य देखि १९४५ को शुरु सम्म माउथाउसेन शिविरमा सुरक्षा गार्ड रहेको बताइएको छ ।

वर्लिन न्यायालयको कार्यालयले जारी गरेको विज्ञप्तिमा उनी कैदीहरुको हत्या गर्ने कार्यमा प्रतयक्षरुपमा संलग्न रहेको उल्लेख गरिएको छ । उनी पछिल्ला समयमा कारवाहीमा पर्ने अन्य थुप्रै तत्कालिन सुरक्षा गार्डहरु मध्ये एक हुन् । यि आरोपित वृद्ध वा उनका वकिलहरुबाट यस विषयमा अहिले सम्म कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

अष्ट्रियाको सबैभन्दा ठूलो नाजी मृत्य शिविर माउाथाउसेनमा थुनिएका १ लाख ९० हजार मानिस मध्ये आधाको हत्या गरिएको थियो । हयान्स एच विरुद्ध ३६ हजार २ सय २३ जनाको हत्याको आरोप लगाइएको छ । लिन्ज शहर देखि २० किमि टाढाको यस शिविरमा नाजीका विरोधिहरुलाई राखिने गरिएको थियो ।