बजाज मास्टर मेक प्रतियोगिता सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले बुटवल र काठमाडौमा क्षेत्रीयस्तरको बजाज मास्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ ।

बजाजका बिक्रेताका प्राविधिकलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने कार्यक्रमको उद्देश्य हो । प्रतिस्पर्धी मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो । साथै विजय नहुने प्रतिस्पर्धीलाई आफ्नो कमजोरी पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।

यो प्रतियोगितालाई एचएच बजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरणमा गरी चार चरणमा सञ्चालन गर्ने जानकारी हंसराज हुलास चन्दका तालिम विभागीय प्रमुख उमेश श्रेष्ठले गराउनुभयो।

प्रतियोगिताका क्रममा प्राथमिक चरणमा ५४१ जना प्रतियोगीमध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगी छनोट भएका थिए ।

तीमध्ये बुटवल क्षेत्रबाट बिक्रेताको तर्फबाट १८ जना प्रतिस्पर्धी र आधिकारिक सर्भिस प्वाइन्टबाट ८ जना प्रतिस्पर्धीबीच क्षेत्रीय प्रतियोगिता भएको थियो । बिक्रेताको प्रतियोगितामा नेपालगन्जको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वरसिंह ठाकुरले प्रथम, सुर्खेतको असिम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले द्वितीय र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस प्वाइन्टको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुसवाहाले प्रथम, पाल्पाका राजन शाहीले द्वितीय र सल्ली बजारका किरण अटो पार्टसका सम्सुलहक खानले तृतीय स्थान हासिल गरे ।

तीमध्ये काठमाडौ क्षेत्रबाट बिक्रेताको तर्फबाट १९ जना प्रतिस्पर्धी आधिकारिक सर्भिस प्वाइन्टबाट ८ जना प्रतिस्पर्धीबीच क्षेत्रीय प्रतियोगिता भएको थियो । बिक्रेताको प्रतियोगितामा कुमारीपाटीको एम एन्ड एम मोटरसाइकलबाट सुनिल महर्जनले प्रथम, नयाँबानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले द्वितीय र भक्तपुरको एस एन्ड एस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतीय स्थान हासिल गरेका छन् ।

आधिकारिक सर्भिस प्वाइन्टको प्रतियोगितामा ठेचोको विष्णु मोटरसाइकल वर्कसपबाट बिनोद महर्जनले प्रथम, दहचोकको दीपज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनीले द्वितीय र गोदावरीका हाम्रो मोटरसाइकल वर्कसपबाट रिकेश्वर श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।