कलंकी नमुना सहकारीको नवौं साधारणसभा सम्पन्न

0
Shares

काठमाडौं, (नेस) ।
कलंकी नमुना बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ । नेफ्स्युनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नु भएको साधारणसभाले नयांँ कार्यसमितिसमेत चयन गरेको छ ।

साधारणसभाले भेषनारायण दाहाललाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा ओम थपलिया, सचिव पुरुषोत्तमप्रसाद अधिकारी, कोषाध्यक्षमा राधा रानाभाट चुनिनु भएको छ ।

त्यस्तै सदस्यहरुमा रामचन्द्र अर्याल, सीताराम पोखरेल, रामकुमार चापागाईं, प्रकाश लम्साल, दिलमाया केसी र चतुरबहादुर अधिकारी निर्वाचित हुनु भएको संस्थाका प्रबन्धक प्रदीप खनालले जानकारी दिनुभयो ।

त्यस्तै लेखा समिति संयोजकमा ठमेश प्रधान, सदस्यमा शिवप्रसाद अधिकारी र अनिल शर्मा रहनु भएको छ । साधारणसभाले मँल्याङ्कन तथा अनुगमन समितिमा जयराम अधिकारी, पुष्पराज अधिकारी र गोमा बिडारीलाई चयन गरेको छ ।