टोस्टमास्टर्सको पहिलो डिभिजन सम्मेलन हुँदै

0
Shares

काठमाडौं, (नेस)
नेपालमा टोस्टमास्टर्सको गतिविधि बढ्दो छ, १४ वटा क्लब र करिब पाँच सय सदस्यको साथमा आगामी शनिवार पहिलो डिभिजन सम्मेलन हुँदैछ ।
बैंकर, व्यावसायिक व्यक्ति, शिक्षक, पर्यटक उद्यमीलगायत कलेजका युवा विद्यार्थी रहनेछन् ।

भारतको बेंगलोरका प्रतिष्ठित टोस्टमास्टर डा. राजदिप मनवानीले सम्मेलनमा मुख्य टिप्पणी दिनेछन् र एक टक सेसन आयोजना पनि गर्नेछन् । डा. मनवानी एक शिक्षाविद्, प्रशिक्षक, प्रेरक वक्ता, जीवन कोच, सल्लाहकार र क्विजÞमास्टरका उत्कृष्ट प्रशिक्षणको छनोटमा परेका छन् ।

डा. मनवानीले व्यक्तिको सशक्तिकरणको लागि राष्ट्रिय मोडलको रूपमा भारतका राष्ट्रपतिद्वारा डिसेम्बर २०१३ मा राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए । नेपाल टोस्सटमास्टर्सको जँरी समँहद्वारा छानिएका मिडिया व्यक्तिमध्ये एकलाई ‘सञ्चार पुरस्कार २०१८’ प्रदान गरिनेछ । यस प्रकारको यो पहिलो पुरस्कार हो र गैरटोस्टमास्टर सदस्यलाई प्रधान गरिनेछ ।

नेपालका डिभिजन ‘ए’ को सबै मँल्यांकन र हास्य भाषण प्रतियोगिताको फाइनलिस्ट अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुवै प्रतियोगिताको विजेता भारतको कोलकातामा मे महिनामा जिल्लास्तरको प्रतिस्पर्धाका लागि जानेछन् ।

नेपालका डिभिजन निर्देशक एवम् टोस्टमास्टर रन्जित आचार्यले भन्नुभयो–‘यो सबैभन्दा ठँलो टोस्टमास्टर इभेन्ट हो र हामी यसलाई धेरै फ्यानफेयरको साथ आयोजित गर्दैछौं । हामी नेपालका क्लब र सदस्यको विकास हेर्दा उत्साहित भएकाछौं । हामी एक मिडिया व्यक्तिलाई पनि सञ्चार अवार्ड प्रदान गर्नेछौं ।

एसोसिएट क्लब विकासका निर्देशक टोस्टमास्टर सुमन शाक्यले भन्नुभयो–‘६ वर्षमा ३ वटा क्लबबाट अब हामीसँंग नेपालमा १४ वटा क्लबहरू छन् । यस प्लेटफर्मबाट ५०० भन्दा धेरै सदस्यले फाइदा पाएका छन् र हामी आउने दिनहरूमा यो नम्बर विविध हिसाबले बढेको हेर्न चाहन्छौं । ’

यस सम्मेलनलाइ वरिष्ठ जिल्ला स्तरीय आधिकारिक प्रोग्रामका निर्देशक प्रशान्त गोयलले भारतबाट विशेष प्रतिष्ठाको रूपमा सम्मानित गरेका छन् ।