‘सरकार क्रिश्चियन धर्म प्रचारमा पो भेटियो’

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
दुईदिन अघि पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि नेपाल देशमा सरकार छ ? छ भने कहा छ ? भनि प्रश्न गरेका नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई दिन पुनः पत्रकार सम्मेलन गरेर नेपाल सरकार एउटा आइएनजिओको धर्मप्रचारमा भेटिएको बताउनु भएको छ ।

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधि पत्ता लगाउन सरकार संग गुहारमाग्दै निर्मलाका पिता धर्नामा बसेका छन् । छोरीको बलात्कार गरि हत्या गर्ने अपराधि खोजिदिनु प¥यो भन्दा सरकार भेटिदैन प्रवक्ता शर्माले भन्नुभयो– सरकार त एउटा आइएनजिओले धर्म प्रचार गर्न आयोजना गरेको कार्यक्रमको सह आयोजकको रुपमा पो भेटिन्छ ।

मंसिर १४ देखि १७ गते सम्म ह्यायात रेजेन्सिमा आयोजना हुने द एसिय प्यासिफिक समिटि २०१८ को सह आयोजकमा नेपाल सरकार रहेको थाहापाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरि विरोध जनाएका हुन् ।

क्रिश्चियन धर्म विस्तारको लागि स्थापना भएको युनिभर्सल फेडेरेशन नेपाल शाखाले आयोजना गरेको सो कार्यक्रममा सह आयोजकमा नेपाल सरकार र संसदको लोगो राखिएको छ । एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको समेत उपस्थित हुने खवर संगै यो कार्यक्रम अझ विवादित बन्दै गएको छ । कार्यक्रममा जलवायु परिवर्तन लगाएतका विषयमा छलफल गर्ने भनिएपनि मुख्य उदेश्य क्रिश्चियन धर्मको विस्तार नै हो भन्दै सरकार यस विषयमा गम्भिर बन्नुपर्ने काग्रेसको धारणा रहेको छ ।

नेपालमा हुने द एसिया प्यासिफिक समिट २०१८ कार्यक्रममा युनिभर्सल पिस फेडेरेशनले संस्थापक फादर डा. सन म्योङ मुन की श्रीमती डा. हाक जा हान मुनलाई जिससकी एक मात्र छोरी घोषणा गर्ने तयारी भइरहेको बताइन्छ । यो स्थाको मुख्य उदेश्य धर्म संग जोडिएको वेभसाईडहरुमा पनि पाइन्छ । एउटा आइएनजिओले गरेको कार्यक्रममा नेपाल सरकार सह आयोजक बन्नुपर्ने कति सम्म लाजमोर्दो कुरा हो – प्रवक्ता शर्माले भन्नुभयो ।