सडक निर्माण अलपत्र: निर्माण कम्पनीको चरम लापरबाही

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको दक्षिणी क्षेत्रको सम्वृद्धिसँग जोडिएको कलुवापुर–बेलौरी सडकमा निर्माण कम्पनीहरुले लापरबाही गरेको हो । भारतको सिमाना खजुरियासम्मको २५ किलोमिटर क्षेत्रमा काम गर्ने सबै निर्माण कम्पनीले भने लापरबाही गरेका हुन् । ३ करोड ३५ लाखमा ३ दशमदव ४ किलोमिटर सडक डिएस महरा जेभिले निर्माण गरेकोमा त्यो पुर्ण रुपमा भत्किएको छ । वि.स.२०७२ असारमा सम्झौता भएर २०७४ भदौमा निर्माण सकिएको सडकको सो क्षेत्रमा खाल्डाखुल्डी परेका छन् ।

निर्माण पुरा भएको एक बर्षमा सडक उप्किएर भताभङ्ग भएपछि निर्माण कम्पनीलाई मर्मत गर्न सडक डिभिजन कार्यालयले निर्देशन दिएको छ । ३ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता भएकोमा ३ करोड २० लाख मात्र खर्च भएको थियो । कलुवापुरदेखी खजुरियासम्म २५ किलोमिटर सडकले कञ्चनपुर दक्षिण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरीएको थियो ।

सो सडकको सडक डिभिजन कार्यालय कञ्चनपुरले दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । अहिले निर्माण कम्पनी भागेका छन् ।
सन्तोष थेगिम जेभिले सडक डिभिजन कार्यालय कञ्चनपुरसंग १९ करोड ११ लाखमा २०७३ भदौ १७ मा सम्झौता गरेको थियो । वि.स.२०७५ जेठ १५ मा निर्माण पुरा गर्ने सम्झौता भएकोमा निर्माण कम्पनी सम्पर्कमा छैन । तर निर्माण मम्पनीले सडक निर्माणको काम सुरु समेत नगरेपछि बेलौरी नगर पालिकाले ग्राभेल गरेको छ ।

गत आर्थिक बर्षमा नगरबासीलाई आवत–जावतमा समस्या भएपछि नगरपालिकाले दुई किलोमिटर क्षेत्रमा ४ लाखको ग्राइभेल गरेको हो । नगरपालिकाले केही स्थानमा मात्र ग्राबेल गरेपनि नगरवासीको समस्या समाधान भएकै छैन् । निमार्ण कम्पनीको लापरबाहीका कारण स्थानीय जनताले भने हिँउदोको धुलोको मार खेप्नुपरेको छ ।

कलुवापुरदेखि दक्षिण भारतको सिमाना खजुरियासम्मको सडकको काममा निर्माण कम्पनीले काम गर्न हेलचत्र्याई गरेपछि कारबाहीको तयारी समेत भएको छ । सडक निर्माणको सम्झौता गर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने सडक डिभिजन कार्यालयले बताएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी खगेन्द्र शाहीले निर्माण कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको बताए ।

निर्माणको सम्झौताको मिति सकिए पनि सडक निर्माणमा पुन निर्माण कम्पनीसँग समन्वय गर्न प्रयास भईरहेको उनले बताए । कञ्चनपुरको बेलौरी नगरपालिकाका मेयर पतिराम चौधरीले सडकमा आवत–जावतमा समस्या भएपछि चार लाख खर्च गरेर ग्राईभेल गरिएको बताए । ‘निर्माण कम्पनी सम्पर्कमा छैनन् । कारबाहीको तयारी हुदैछ,’ उनले भने ‘सन्तोष थेगिम जेभिले निर्माण सम्झौता गरेको सो सडक खण्डमा ४ करोड ४४ लाख खर्च भएको छ । १९ करोड ११ लाख लागत अनुमान गरीएकोमा अझै १४ करोड ६६ लाख लागत आवश्यक छ ।’

कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणको सम्झौता गरेका निर्माण व्यवसायी हाल सम्पर्क विहीन भएका छन् । कलुवापुरदेखि बेलौरी हुँदै दक्षिण भारतको सिमाना खजुरियासम्म जोड्ने सडक कालोपत्र गरेको एक बर्ष नबित्दै भत्किएर खाल्डा–खुल्डीमय बनेको हो ।