‘जनताको सेवक नेपाली सेना’

0
Shares

विमल विष्ट, डोटी
सुदूरपश्चिम पृतनापती उपरथी झंकरबहादुर कडायतले नेपाली सेना जनताको सेवबक भएको बताउनुभएको छ । डोटीको दिपायल राजपुर स्थित सुल्लेक डाडामा तैनाथ रहेको नेपाली सेनाको गुरुबक्स गुल्मको आयोजनामा शनिबार केआईसिंह गाउपालिकाको सलेनामा आयोजना गरीएको निशुल्क स्वास्थ्य सिबिरमा बोल्दै पृतनापति उपरथी कडायतले नेपाली सेना जनताको सेवक भएकाले जनताको सेवा गर्नु नै सेनाको धर्म रहेको बताउनु भएको हो ।

सोही कार्यक्रममा बोल्दै पृतनापती कडायतले सेना र जनता सधै संग संगै हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘जनता भनेका हाम्रा आँखा हुन,आखाँको सधै रक्षा गर्नु हाम्रो नित्य कर्म हो ।’

त्यस्तै पृतनापती उपरथी कडायतले जनतालाई परेको समस्या बुझन र उनिहरुको उपचार गर्नका लागि हामीले निशुल्क स्वाथ्य सिबिर चलाएको र यो कार्य सदा निरन्तर हुने बिस्वास समेत दिलाउनु भयो । सोही कार्यक्रममा बोल्दै केआईसिंह गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले सेना हाम्रो घरको सदस्य भएकाले हामी सधैब सेना संग सहकार्य गरी अघि बढ्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘सेना हाम्रो सुख दुःको मित्र हो, हामी मित्र भएर बस्ने छौ ।’

गुरुबक्स गुल्मले आयोजना गरेको उक्त निशुल्क स्वास्थ्य सिबिरमा उपचार गराउन आउने बिरामी भिड लागेको छ । यो समाचार तयार पार्दा सम्म सलेनाका करिब ३ सय जना बिरामी चेक जाँच गरीएको सो गुल्मका गुल्मपती तथा सेनानी किशोर खड्काले जानकारी दिनु भयो ।

त्यस्तै उक्त कार्यक्रममा सुदूरपश्चिम पृतनापती उपरथी कडायतले स्थानिय भुमीराज माबी सलेनाका कक्षा १ देखी १० सम्मका आफनो कक्षामा उत्कृष्ट नम्बर ल्याउने दश जना छात्र तथा छात्रालाई स्कुले सामग्री वितरण गर्नुभएको थियो ।