निर्मलाका निम्ति मंसिर १६ गते नेकपाद्धारा देशब्यापी विरोध कार्यक्रम हुने

0
Shares

ठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा देशब्यापी विरोध कार्यक्रम हुने भएको छ ।

भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको असन्तुष्टि जनाउदै मंसिर १६ गते विरोध कार्यक्रम गर्ने जनाएका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पन्तको हत्यारालाई आफैं कारबाही गर्ने समेत बताएको छ ।