धनवीर दाहाल, रुकुम ।
राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको मध्यपहाडी ९पुष्पलाल) लोकमार्ग अन्र्तगतका सडक तथा पुल निर्माणमा लार्पबाही गर्नेलाई अव कार्वाही हुने भएको छ । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री जनार्दन शर्माले सडक विभागका महानिर्देशक,तथा पदाधीकारी र निर्माण ब्यवसायीसँग बैठक गरी तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । सो बैठकमा काममा लार्पवाही भए कार्वाही गरिने निर्णय समेत भएको छ ।
पुर्वमन्त्री शर्मा केही दिनअघि इञ्जिनियर लिएर बाग्लुङहुँदै पोखरासम्मको खण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । बैठकले मध्यपहाडी लोकमार्गका पश्चिम खण्डको बाग्लुङ–रुकुम सडक खण्डमा पर्ने निर्माणाधीन पुलको बारेमा महत्वपूर्ण निर्णय लिएको छ । जसअनुसार रेलीखोला पुल निर्माण २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण ब्यवसायी प्रतिनिधिबाट प्रतिबद्धता गराइएको छ ।
निर्माण कम्पनी बाइपी कन्स्ट्रक्सनबाट निर्माणाधीन भेरी पुल सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै बैठकले ठेक्कामा भएको प्रावधानअनुसार कारवाही अगाडि बढाउने निर्णय गरिएको शर्माले जानकारी दिनुभयो । त्यस्तै निर्माण ब्यवसायी दीपेन्द्र शाही, सिद्धिशाइ प्रकाश कन्स्ट्रक्सनद्वारा निर्माणाधीन जहारीखोला तथा खहरेखोला पुल आगामी चार महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गराइएको छ । खहरेखोला पुल चार महिनाभित्र सम्पन्न नभएमा ठेक्कामा भएको प्रावधानअनुसार कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै भुजीखोला पुल निर्माणका लागि आयोजना कार्यालयबाट सडक डाइभर्सनका लागि ढोरपाटन नगरपालिकासँग समन्वय गरी डाइभर्सन बनाउन सहज गराउने र निर्माण ब्यवसायीबाट असार मसान्तभित्र काम पूरा गराउने प्रतिबद्धता पनि बैठकले गराएको छ । साङ्रेखोला पुल र घोरखानीखोला पुल ठेक्कामा भएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि बैठकमा निर्माण ब्यवसायीले व्यक्त गरेको पूर्वमन्त्री एवं रुकुमका प्रतिनिधिसभा सदस्य शर्माका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो ।
त्यसैगरी डिजिभन सडक कार्यालय चौरजहारी अन्तर्गत निर्माणाधीन सानीभेरी पुल निर्माणको क्रममा आएको समस्या समाधानका लागि डिभिजन प्रमुखसहितको बैठक बसी समस्या समाधानको पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले रगडा पुल निर्माणको कार्यमा बिलम्ब भएकाले तत्काल निर्माण कार्यक्रम अघि बढाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
ठेक्कापट्टा हुन बाँकी रहेका पुलहरुलाई क्रमशः ठेक्का लगाउने प्रक्रिया अगाडि बढाउने साथै ठेक्का भइसकेका पुलको निर्माण कार्य शुरु नभएकामा यथाशीघ्र कार्य अगाडि बढाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । मध्यपहाडी सडक निर्माणको कामलाई तिब्रता दिने गरी दश बुँदे निर्णयमा सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् । निर्णयमा पूर्वमन्त्री एवं सांसद शर्मा, सडक विभागका महानिर्देशक रबीन्द्र श्रेष्ठ, उपमहानिर्देशक अर्जुनजङ् थापा, उपमहानिर्देशक मुक्ति गौतम, सिनियर डिभिजन इञ्जिनियर डा। बिजय जैशी, निर्माण आयोजना प्रमुख रमेश दृष्टि, इञ्जिनियर सुप्रिम चुडाल, निर्माण ब्यवसायीहरु उत्तम बस्नेत, रामेश अधिकारी, दीपेन्द्र शाही, भीम केसी र इञ्जिनियर शिवराज राइले हस्ताक्षर गर्नुभएको छ ।













प्रतिक्रिया