राजबिन थापा, जापान ।
दुबै मृगौलाको उपचाररत गोपाल प्रसाद सापकोटा गोविन्दलाई ४ लाख १५ हजार जापानी येन नवलपरासी समाज जापानले हस्तान्तरण गरेको छ ।
कामको लागि जापान आएका नवलपरासी गैडाकोटका सापकोटाको उपचारमा सहयोग पुर्याउने उद्धेश्य राखि संकलन गरिएको ४ लाख १५ हजार जापानी येन विहिबार हस्पिटलमा नै गई नवलपरासी समाज जापानले बिरामीको परिवारलाई हस्तान्तरण गरेको हो ।
सापकोटा विरामि परेपछि नवलपरासी समाज जापानले सापकोटा बचाऔं अभियान सञ्चालन गरेको थियो । दुबै मृगौलामा समस्या देखिए पछि ओसाकाको ओह्नो अस्पतालमा उपचाररत सापकोटाको लागि समाजले जीवन बचाउन सहयोग अभियान सुरुवात गरिएको समाजका अध्यक्ष गोपाल कँडेलले जनाकारी दिनुभयो ।
नवलपरासीको गैडाकोट १६ निवासी सापकोटाको उपचारमा सघाउने उद्धेश्य समाजका कोषाध्यक्ष कमल काफ्लेको संयोजकत्वमा ूगोविन्दू सहयोग समिति बनाई सहयोग संकलन गरिएको थियो । विहीबार सहयोग समितिले उपचाररत सापकोटाकी पत्नी लक्ष्मी सापकोटालाई संकलित रकम हस्तान्तरण गरेको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा एनआरएन खान्साईका अध्यक्ष प्रेमप्रसाद कँडेल, नवलपरासी समाजका अध्यक्ष गोपाल कँडेल, वरिष्ठ उपाध्यक्ष हरि सापकोटा, सचिव ऋषिराम पौडेल, कोषाध्यक्ष कमल काफ्ले, सदस्य नरिश्वर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित सहयोगीहरुले उपचाररत सापकोटाको स्वास्थ्य लाभको कामना गर्दै सोही अभियानलाई साथ र रकम दिएर सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई नवलपरासी समाज जापानले धन्यावाद दिएको छ ।











प्रतिक्रिया