चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शनको लागि आएका एक धार्मिक पर्यटकको लेक लागेर शनिवार विहान मृत्यु भएको छ ।
काठमाडौँ काँडाघारीबाट कालिञ्चोक दर्शनको लागि आएका ५८ बर्षिय कृष्णप्रसाद गौतमको शनिवार विहान अत्यधिक चिसो तथा लेक लागेको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरक्षिक बासुदेव पाठकले बताए ।
गौतम सहितको टोलि शुक्रवार बस रिर्जभ गरेर दर्शनको लागि आएको थियो । कालिञ्चोकको कुरीमा बास बसेका गौतमलाई शुक्रवार रातिनै समस्या भएको र शनिवार विहान उपचारको लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया