बस घटनाका घाइतेको उपचार खर्च पूर्वमन्त्री बलायरले ब्यहोर्ने

0
Shares

विमल बिष्ट, डोटी ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले बिहीबार साँझ डडेल्धुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रढुवा खोलामा भएको पिसजोन एकेडेमीको बस दुर्घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यहोर्ने बताउनु भएको छ ।

पूर्वमन्त्रीसमेत रहनु भएका नेता बलायरले दुर्घटनामा परी काठमाडौंको वीरअस्पतालमा उपचार गराइ रहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यक्तिगत रुपमा ब्यहार्ने बताउनु भएको हो । घाइतेलाई अस्पतालमा भेट्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो ।

उहाँले घाइतेका आफन्तलाइ आर्थिक रहयोग पनि गर्नु भएको छ । बस दुर्घटनामा परी घाइतेहरु भएकाहरु केहीको वीरअस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । बस दुर्घटनामा अधिकांस मान्छे नेता बलायरका गाउका भएको बताईएको छ । उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाईते भएका छन् ।