पक्की सडकमा सरर, सेतीबेणी–पोखरा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेको पर्वतको सेतीबेणी हुदै डाँडैडाडा पोखरा सम्म पक्की सडकमा पु¥याउने लक्ष्य सहित काम शुरु हुने भएको छ ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम अघि बढेकोले सेतीबेणी देखि पोखरा पक्की सडकमा छिट्टै पुग्न सकिने बताएका हुन ।

गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा परेको र अहिले बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) निर्माणको काम यसैबर्ष शुरु हुने अध्यक्ष तिमिल्सीनाले बताए । ‘डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना हो’ उनले भने ‘यसपटक राष्ट्रिय योजनामा समावेश गरि कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु¥याउने योजनाले मुर्त रुप दिनेछौ’

सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने अध्यक्ष तिमिल्सीनाको भनाई छ । अहिले सेतीबेणी देखि पर्वतको लुंखु, आर्थर, राम्जा हुँदै पोखरा सम्म कच्ची सडकले जोडिएको छ । ‘अबको बजेट स्तरउन्नती र कालोपत्रेका लागि काम हुनेछ’ उनले भने । उक्त सडकमा साइकल लेन समेत निर्माण गरि पोखरा देखि पर्यटक ल्याउन सकिने योजना पनि सुनाए । यो सडक तिमिल्सीना जिबिस पर्वतको सभापति हुँदा शुरु भएको हो ।

नवलपरासीको त्रिबेणी देखि सेतीबेणी हुँदै पर्वतको कुस्मा र म्याग्दीको बेनी जोड्ने सडक पनि राष्ट्रिय राजमार्गको रुपमा डिपीआर बनाउने काम शुरु हुने पनि तिमिल्सीनाले जानकारी दिए । पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग सहित ३ वटा राष्ट्रिय राजमार्ग बनेपछि जिल्लाको बिकासमा ठुलो परिर्वतन आउने बताए । भित्री सडकहरु प्रदेश र स्थानिय तह तथा सडक आयोजनाबाट कालोपत्रे गरि पर्वतका मुख्य सडक कालोपत्रे हुने बताए ।