फरार अभियुक्त दुई वर्षपछि पक्राउ

0
Shares

ललितपुर ।  महानगरीय प्रहरी परीसरले विभिन्न मुद्दामा कैद तथा फैसला भएका फरार कैदीलाई पक्राउ गरेको छ ।

प्रहरी परीसर ललितपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव नेतृत्वको टोलीले सुनाकोठीका ३७ वर्षीय राजु महर्जनलाई कुसन्तीबाट पक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने परिसरका प्रवक्ता शेखर खनालले बताए । खनालले भने, “अदालतले फैसला सुनाएको दुई वर्षपछि हामीले पक्राउ गरेका छौँ ।”

फरार अभियुक्त महर्जनलाई २०७३ जेठमा अदालतले तीन वर्ष कैद र रु एक करोड ३३ लाख ३३ हजार ३३३ जरिवाना गरेको थियो । उनले भने , “अदालतले ठगी र कीर्ते जालसाजी गरेर दुई वटा मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।”