पुर्व सैनिकलाई पाँच हजार वर्ष कैद


ग्वाटेमाला सिटी,(एजेन्सी)
गृहयुद्धको दौरान आम नरसंहारमा सक्तिय भुमिका निभाएको अभियोगमा ग्वाटेमालाका एकजना पुर्व सैनिकलाई विहिवार अदालतले पाँच हजार वर्ष भन्दा बढि लामो कारवास संजाय सुनाएको छ । सन् १९८२ मा डोस एर्रेस गाउँमा भएको आम नरसंहारमा २ सय जना भन्दा बढिको ज्यान गएको थियो ।
ग्वाटेमालको ३६ वर्षिय हिंसात्मक द्वन्द्वको यो सबैभन्दा भयावह घटना मध्ये एउटा मानिएको छ । सान्तोस लोपेज नामक ति सैनिकलाई १ सय ७१ जना मानिसको हत्यामा दोषि करार गरिएको छ ।

उनी त्यतिवेला वामपन्थि गुरिल्ला विरुद्ध संघर्षरत संयुक्त राज्य अमेरिकाबाट तालिम प्राप्त प्रति आतंकवाद फौज काइवाइलेसका सदस्य रहेका थिए । उनलाई १ सय ७१ जना मानिस मध्ये प्रत्येकको हत्याकालागि ३० वर्ष र हत्याकाण्डमा बच्न सफल एक बालिकालाई पुन मार्ने कार्यमा लागेको अभियोगमा थप ३० वर्ष लामो कारावास संजाय तोकिएके छ ।

तर जेहोस ग्वाटेमालाको प्रचलित कानुन बमोजिम प्रत्येक अपराधिले अत्यधिक पचास वर्ष लामो कारवास मात्र भुक्तान गरे पुग्दछ । सन् १९८२ को ६ डिसेम्वरमा उक्त गाउँको उत्तरी भागमा एक्कासी प्रवेश गरेका ग्वाटेमाला सेनाका विशेष टोलिले जथाभावी ढंगले स्थानियको हत्या गरेका थिए । काइवाइलेसले गाउँलेहरुले बामपन्थि गुरील्लाहरुमाथि सहानुभुति राखेको आशंकामा सो आम नरसंहार गरेको थियो ।