निस्सान कम्पनीका अध्यक्ष गोस्न वर्खास्त


टोक्यो,(एजेन्सी)
जापानको नामुद कार निर्मात कम्पनी निस्सानका अध्यक्ष कार्लोेस गोस्नलाई आर्थिक अनियमितता गरेको आरोपमा पदबाट हटाइएको छ । विगत बिस वर्ष देखि सेवारत उनले कसैलाई थाहा नदिई कम्पनीको सम्पत्ति प्रयोग गरिरहेको बताइएको छ ।

तर केहि विशलेषकहरुले निस्सनको सम्बन्धन रहेको रिनल्ट र मित्सुबिसी कम्पनीको शक्ति सन्तुलन बनाउने उद्देश्यले यो कारवाही गरिएको हुनुपर्ने बताएका छन् । गोस्न रिनल्ट र मित्सुबिसीका पनि अध्यक्ष रहेका छन् ।
ति तिनैवटा कम्पनीलाई एकसुत्रमा बाध्ने काममा ६४ वर्षिय गोस्न्को ठूलो योगदान रहेको छ । निस्सानको बोर्डले अर्का वरिष्ठ कार्यकारिणी अधिकारी ग्रेग केल्लीलाई पनि हटाउने निर्णय गरेको छ ।

निस्सानको बोर्डबाट जारी गरिएको एक विज्ञप्तिमा दुईजना अधिकारीलाई सर्वसममतले वर्खास्त गरिएको जनाइएको छ । साझेदार कम्पनीहरुबिच हुने दैनिक सहयोगकार्यमा अन्यौल हटाउने उद्देश्यले यो कदम चालिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गोस्न र केल्लीलाई अहिले जापानको राजधानी टोक्यो स्थित हिरासतमा राखिएका छन् । सोमवार निस्सान कम्पनीले सुराकीको सुचनाको आधारमा केहि महिनादेखि आनतरिक अनुसन्धान भइरहेको बताएको छ ।

नककली विवरण उल्लेख गरी वार्षिक सुरक्षा प्रतिवेदन तयार पारेको आरोप लगाइएका गोस्नलाई दस वर्ष लामो कारवास वा एक करोड येन जरिवाना वा दुवै संजाय हुनसक्ने कानुनी सुत्रले जनाएको छ । एनएचके टेलिभिजनले ब्राजिल , लेवनान , फ्रान्स् र नेडरल्यान्डसमा करोडौं अमेरिकी डलर खर्च गरेर गोस्नले विलासी घर खरिद गरेको जनाएको छ ।