ट्रम्प र प्रधान न्यायधिषबीच विवाद


वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र सर्वोच्च अदालतका प्रधान न्यायधिषबीच विवाद बढेको छ । ट्रम्पले आफना नितिलाई लिएर न्यायपालिकाका केही हिस्साले आश्चर्यचकित पार्ने गरी पक्षपात गरिरहेको दावी गरेका छन् ।

नाइन्थ सर्किटका पुनरावेन अदालतमाथि निसाना बनाउँदै ट्रम्पले ट्विटमा भनेका छन्– यो फैसलाले हाम्रो देशलाई असुरक्षित बनाइरहेको छ र यो अत्यन्त खतरनाक र अविवेकपुर्ण हो । उक्त अदालतले हालै मात्र आप्रवासीलाई अमेरिका प्रवेशमाथि प्रतिवन्ध लगाउने ट्रम्पको आदेशमाथि रोक लगाएको हो ।

ट्रम्पद्वारा अदालतको आलोचनाको निन्दा गर्दै प्रधान न्यायधिषले न्यायपालिका स्वतन्त्र भएको प्रतिक्रिया दिए । प्रधान न्यायधिषबाट यस प्रकारको राजनितिक बयान कमै मात्र आउने गर्छ ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याट राष्ट्रपतिद्वारा नियुक्त न्यायधिष बर्तमान ह्वाइट हाउस विरुद्ध काम गरिरहेको आरोप लगाएका थिए । उक्त आरोपललाई लिएर प्रतिक्रिया दिँदै रोबर्टसले एजेन्सीलाई भने–हामीसँग ओबामा न्यायधिष वा ट्रम्प न्यायधिष, बुस वा क्लिन्टिनका न्यायधिष छैनन् ।

हामीसँग समर्पित न्यायधिषहरुको असाधारण समुह छ जसले आफनो अगाडी आउने प्रत्येकसँग समान र न्याय गर्ने सकेसम्म प्रयास गर्छन् , आफनो संक्षिप्त बयानमा प्रधान न्यायधिषले बताएका छन् ।

उनले भने – यो स्वतन्त्र न्यायपालिका प्रति हामी सबै आभारी हुनु पर्छ ।
प्रधानन्यायधिषको उक्त बयान आएपछि फ्लोरिडनामा विदा मनाइरहेका ट्रम्पले ट्विटरमा जवाफ दिँदै लेखेका छन्– माफ गर्नु होला प्रधान न्यायधिष जोन रोबर्टस, तर तपाईसँग निश्चित रुपमा ओबामा न्यायधिष छ र उनीहरु ती ब्यक्तीहरुलाई फरक नजरले हेर्छन, जोसँग हाम्रो देशको सुरक्षाको अभिभारा छ ।

ट्रम्पले न्यायधिषहरुको कारणबाट देश असुरक्षा तर्फ गइरहेको समेत आरोप लगाएका थिए ।