डडेल्धुरा बस दुर्घटना अपडेटः १७ जनाको मृत्यु, २६ जना घाइते

0
Shares

डडेल्धुरा ।
डडेल्धुरामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो।

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से १ क २९३ नम्बरको बस रदुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खस्दा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

अन्य उपचारका लागि डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । हाल उपक्षेत्रीय अस्पतालमा १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरी जनाएको छ ।

उक्त दुर्घटना साँझ ७ बजेतिर भएको हो। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्दारकार्य चलिरहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ।