डडेल्धुरामा स्कुल बस दुर्घटना, १३ को मृत्यु, ३५ बढी घाइते

0
Shares

अमरगढी ।
डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ भएको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।